• ७ असोज २०८३, बुधबार
  • ५ः१० बेलुका

साउदी प्रो लिग : अल शबाबमाथि अल नासरको जित

प्रकाशित मिति

२०८० फाल्गुन १४ गते, सोमबार १०:३५

फागुन १४, २०८० काठमाडौँ: साउदी प्रो लिग फुटबलमा अल नासरले रोमाञ्चक जित निकालेको छ । गएराति भएको खेलमा अल शबाबलाई ३–२ गोलले हराउँदै अल नासर विजयी भएको हो ।

National Life

अल नासरका लागि टेलिस्कालाईले दुई तथा कप्तान क्रिस्टियानो रोनाल्डोले एक गोल गरेका थिए । यस्तै, अल शबाबका लागि यानिक कारास्को र कार्लोसले एक–एक गोल गोल फर्काएका थिए।

खेलको २१औँ मिनेटमा अल नासरका लागि रोनाल्डोले पेनाल्टी गोलमार्फत सुरुवाती गोल गरेका थिए । तर पहिलो हाफको इन्जुरी समयमा कारास्कोले पेनाल्टीमार्फत गोल गर्दै अल शबाबलाई बराबरीमा ल्याए ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यसपछि दोस्रो हाफको सुरुमै टेलिस्काले गोल गर्दै अल नासरलाई २–१ को अग्रता दिलाए । खेलको ६७औँ मिनेटमा शबाबका कार्लोसले खेललाई २–२ को बराबरीमा ल्याए । त्यसपछि खेलको ८६औँ मिनेटमा टेलिस्काले व्यक्तिगत दोस्रो गोल गर्दै अल नासलाई ३–२ को जित दिलाए ।

यो जितसँगै २१ खेलबाट ५२ अंक जोडेको अल नासर दोस्रो स्थानमा छ । पराजित अल शबाब समान खेलबाट २४ अंकका साथ ११औँ स्थानमा छ ।

प्रतिकृया