राष्ट्रिपति पौडेलद्वारा पञ्चकोटमा ‘मुक्तिनाथ महाघण्ट’ उद्घाटन
प्रकाशित मिति
२०८० फाल्गुन १० गते, बिहीबार १२:४८
फागुन १०, २०८० काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले बागलुङको सर्वसिद्धिधाम पञ्चकोटमा स्थापना गरिएको पाँच हजार ५५५ किलोको ‘मुक्तिनाथ महाघण्ट’ उद्घाटन गरेका छन् । बिहीबार राष्ट्रपति पौडेलले करिब दुई करोड रुपैयाँ लागतमा निर्माण भएको महाघण्टको उद्घाटन गरेका हुन् ।
पञ्चकोटधामका परिकल्पनाकार एवं संस्थापक मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको सङ्कल्पमा बागलुङ नगरपालिका–५ स्थित पञ्चकोटलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न यो महाघण्ट स्थापना गरिएको थियो । पञ्चकोटमा बुधबारदेखि अनन्तश्री ब्रह्माण्डीय महायज्ञ सुरु भएको छ ।

फागुन ९ देखि सुरु भएको महायज्ञमा पनि राष्ट्रपति पौडेल सहभागी भएका छन् । सो क्रममा पौडेलले सोही स्थानमा बन्दै गरेको १०८ फिट गण्डकी कलशकोसमेत अवलोकन गरेका थिए । दश वर्षअघि स्थापना भएको पञ्चकोटमा निर्माण भएका धार्मिक संरचनाका साथै निर्माणाधीन सो कलसका बारेमा स्वामी कमलनयनाचार्यले राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए ।





प्रतिकृया