• १२ असोज २०८३, सोमबार
  • ५ः४४ बेलुका

कर्णाली उत्सवमा देश जान्याका कुरा !

प्रकाशित मिति

२०८० फाल्गुन ७ गते, सोमबार ०२:३६

फागुन ७, २०८० सुर्खेत : बैदेशिक रोजगारको तथ्यांक हेर्ने हो भने दैनिक ३ हजार जना विभिन्न कारणले विदेश पलायन भइरहेका छन्। केही समय अघिसम्म रोजगारीका लागि खाडी मुलुक ताक्ने नेपालीको अहिले पहिलो रोजाइ युरोपियन मुलुक देखिन्छ । कर्णालीका ७० प्रतिसत भन्दा वढी नागरिक कालापहाड (भारत) जाने गरेका छन् । पछिल्लो समय रुकुम पश्चिम लगाएतका ठाउँबाट गाउँनै रित्तो हुनेगरी चोरीबाटो भएर अमेरीका जानेहरुको तथ्याङ्क राज्यसंग छैन् ।

National Life

खुल्ला सीमाको उपयोग गर्दै रोजगारीका लागि कालापहाड जाने कर्णालीबासीको हालखबर राज्यलाई थाहा छैन् । वीरेन्द्रनगरमा जारी कर्णाली उत्सवमा यही विषय वरिपरि रहेर ‘देश जान्या’ भन्ने विषयमाथि छलफल भएको थियो । उक्त सत्रमा बैदेशीक रोजगार बोर्डका निर्देशक टीकाराम ढकाल, नेपाल श्रमिक आपुर्तिकर्ता संघका अध्यक्ष राजेन्द्र शाह, नेपाल बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी र पत्रकार चेतन अधिकारी वक्ताका रुपमा बोलाइएका थिए ।

रोजगारीको अवसरको खोजीमा नेपालीहरु भौतारिँदै बिदेशीने समस्या अहिलेको नभई २०० वर्ष पुरानो भएको पत्रकार चेतन अधिकारीले बताए । तर अहिले त्यसको स्वरुप भने बदलिएको उनको बुझाई छ । ‘बैदेशीक रोजगारीमा सन् १८०० देखि नै जाने गरेको पाइन्छ् । गोर्खा आर्मी हुँदै नेपाली यूवा पलायन शुरु भएको हो,’ सत्रमा बोल्दै अधिकारीले भने ‘यसका सकारात्मक र नकारात्मक लक्षहरु छन् । दुबै पक्षलाई केलायर सुधारका काम गर्न आवश्यक छ ।’

Classic Tech Mobile
Classic Tech Desktop

अहिले पनि ५० लाख नेपाली देश बाहिर भएपनि राज्यको तथ्याङ्कमा भने २२ लाख मात्रै रहेका उनले बताए । अवसर देखिरहेका नेपालीले विकसित देशहरुको लचकतासँगै अवसरको ढोका प्रयोग गरेको अधिकारी बताउँछन् । ‘हाम्रो यूवा जनशक्तिलाई कस्ले प्रयोग गरिरहेका छन् ? भारतमा यूवा छन्, गल्फ कन्ट्रिमा यूवा छन्’ उनले भने, ‘देशमा यूवा हुनुको अवसर राज्यले गुमाई रहेको छ । कन्ट्रि अफ यूथ नेपालले उपभोग गर्न पाएको छैन् ।’

उनले बैदेशीक रोजगारले बसाई सराईमा समेत ठूलो समस्या निम्त्याएको र त्यसलाई राज्यले गम्भिरताका साथ हेर्नु पर्ने बताए । ‘बसाइसराइका कारण गाउँका विद्यालयहरु रित्तिदै छन् । स्वास्थ्य सेवा बन्द हुन थालेका छन् । अन्य सार्वजनिक सेवा प्रवाह गर्नेठाउँहरु खाली भएका छन्,’ उनले भने, ‘माइग्रेसन फ्लो दोहोरो हुनुपर्छ । मस्तिकष्क पलायन नेपालमा सबैभन्दा ठूलो समस्या भाएको छ । त्यतातिर हाम्रो ध्यान अझै पुग्न सकेको छैन् ।’

अवसरको खोजीमा विदेश गइरहेका नेपालीलाई नेपाल फर्काउने रणनीति सरकारसंग नहुँदा समस्या भएको नेपाल श्रमिक आपुर्तिकर्ता संघका अध्यक्ष राजेन्द्र शाह बताउँछन् । ‘अहिले पनि ठूलो संख्यामा यूवाहरु बाध्यता र चरम आवश्यकताले नेपाल छोडेर जाँदै छन् । उनीहरु खाडी मुलुकमा गइरहेका छन्,’ उनले भने, ‘विदेश गएकै संख्यामा नेपाल पनि फर्किएका छन् । तर उनिहरुलाई कसरी नेपालमा राख्ने प्रश्न हो ।’

बैदेशीक रोजगारबाट फर्केकाहरुको तथ्याङ्क समेत राज्यले राख्न नसकेको उनले बताए । ‘बैदेशीक रोजगारबाट फर्किएकाहरु कहाँ छन् ? उनिहरुले केही पैसा र सीप पनि ल्याएर फर्किएका छन् । तर उनिहरुको सीप हामीले उपयोग गर्न किन सकिरहेका छैनौं ?’ उनि राज्यलाई प्रश्न गर्छन् । बैदेशीक रोजगारमा जानेहरु एजेन्टबाटै ठगिएको उनले बताए । ‘राज्यले एजेन्टलाई चिन्दैन् । तर एजेन्ट विना कुनै पनि यूवा विदेश जाँदैनन्’ उनले भने, ‘हुम्लाको एउटा यूवा साउदी पुग्दासम्म लाखौं रुपौंया खर्च गर्छ । राज्यले उनिहरुको व्यवस्थापन नै गर्न सकेको छैन् ।’

बैदेशीक रोजगारीमा जाने व्यक्तिहरु ठगिमा पर्नुको मुख्य कारण बाहिरी गिरोह भएको नेपाल बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी बथाउँछन् । ‘आज गाउँनै रित्तो हुँनेगरी रुकुमका मान्छेहरु अमेरीका गइरहेका छन् । उनिहरु म्यानपावर कम्पनि मार्फत गएका छैनन् । उनिहरु दलाली गिरोहबाट विदेश जाँदा समस्या भएको छ’ उनले भने । राज्यले प्रष्ट कानुन नबनाउँदा एजेन्टहरु मौलाएको अध्यक्ष भण्डारीले बताए । ‘सरकारले फ्रि भिजा, फ्रि टिकट भनेपनि निश्चित मापदण्ड नबनाउँदा समसय भएको छ । उनिहरुको टिकट, स्वास्थ्य परिक्षण, आवश्यक तालिम र राहाददानी लगाएतका विषयमा शुल्क लाग्ने गरेको छ,’ उनले भने, ‘मिटरव्याजी ऋण गरेर बिदेशीयका उनिहरु त्यस्कै पासेमा पर्ने गरेका छन् ।’

यूवा बैदेशीक रोजगारमा जाँदैमा खत्तमै भयो भन्ने भास्य निर्माण गरिएको बैदेशीक रोजगार बोर्डका निर्देशक टीकाराम ढकाल बताउँछन् । ‘बैदेशीक रोजगारका लागि जानु नराम्रो हैन् । तर जाने तरिका भने अनेक थरिका छन् । बिदेशीनु नराम्रो हैन् । तर विदेशीने बाटो नराम्रो भयो,’ उनले भने । सरकारले नचिन्ने बाटो अपनाउँदा यूवाहरुले दुःख पाउँने गरेको ढकाल बताउँछन् । ‘देशको एक चौथाई जीडीपी ओगटेको बैदेशीक रोजगारलाई राज्यले पर्याप्त लगानि गर्न नसकेको सत्य नै हो । त्यसमा सुधार आवश्यक छ,’ उनले भने, ‘श्रम स्कृती अनिवार्य लिनुपर्ने व्यवस्था छ । तर बैदेशीक रोजगारीमा जानेहरुले श्रम स्वृती नलिदा समस्या भएको छ । ’

प्रतिकृया