• ८ असोज २०८३, बिहीबार
  • ३ः११ राती

म्याराथनका विश्व कीर्तिमानी युवा धावक केल्भिनकाे दुर्घटनामा परी निधन

प्रकाशित मिति

२०८० माघ २९ गते, सोमबार ११:०४

माघ २९, २०८० काठमाडौँ: पुरुष म्याराथनमा विश्व कीर्तिमान बनाएका केन्याका २४ वर्षीय धावक केल्भिन किप्टमको सडक दुर्घटनामा निधन भएको छ । आइतबार पश्चिमी केन्यामा प्रशिक्षक रुवाण्डाका गेर्भाइस हाकिजिमानासँगै सडक दुर्घटनामा उनको पनि निधन भएको हो ।

National Life

किप्टमले २०२३ मा आफ्नै देशका महान धावक एलिउड किप्चोगेको प्रतिद्वन्द्वीको रूपमा उदाउन सफल भएका थिए । उनले गत अक्टोबरमा शिकागोमा भएको म्याराथनमा दुई घण्टा ३५ सेकेन्डमा २६.१ माइल (४२ किलोमिटर) दुरी पूरा गर्दै किप्चोगेको रेकर्ड तोडेका थिए। यी दुई खेलाडीलाई यस वर्षको अन्त्यमा पेरिस ओलम्पिकका लागि केन्याको टोलीमा समावेश गरिएको थियो ।

किप्टमलाई श्रद्धाञ्जली अर्पण गर्दै केन्याका खेलकुदमन्त्री आबाबु नाम्बाम्बाले सामाजिक सञ्जाल एक्स (पहिले ट्वीटर)मा केन्याले एक विशेष रत्न गुमाएको बताए । उनले विनाशकारी खबरले स्तब्ध भएको भन्दै उनीप्रति श्रदाञ्जली दिएका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

किप्टमकाे निधनपछि विश्व एथलेटिक्सका अध्यक्ष सेबास्टियन कोइले एथ्लेटिक्सले एक अविश्वसनीय स्टारलाई गुमाएको भन्दै उनले छोडेको छापलाई सधै सम्झिने बताए ।

सडक दुर्घटना स्थानीय समय अनुसार आइतबार दिउँसो ११ बजे भएको थियो । दुर्घटनाको थप विवरण दिँदै प्रहरीले किप्टम चालक भएको र गाडी अनियन्त्रित भएर पल्टिँदा दुबै जनाको निधन भएको पुष्टि गरेको छ ।

तेस्रो यात्रुको रूपमा रहेकी एक महिलाको भने अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

प्रतिकृया