• ८ असोज २०८३, बिहीबार
  • १ः१९ राती

नाइजेरियालाई हराउँदै आइभेरी कोस्ट अफ्रिका कप अफ नेसन्सको च्याम्पियन

प्रकाशित मिति

२०८० माघ २९ गते, सोमबार ११:००

माघ २९, २०८० काठमाडौँ: नाइजेरियाविरुद्ध २–१ को पुनरागमन जित निकाल्दै घरेलु टोली आइभेरी कोस्ट अफ्रिका कप अफ नेसन्सको च्याम्पियन बनेको छ । आइतबार राति ओलम्पिक रंगशालामा सम्पन्न फाइनलमा आइभेरी कोस्टलाई जित दिलाउन फ्यांक केस्सी र सवास्टिन हलरले गोल गरे । नाजेरियका विलियम इकोङले एक गोल गरेका थिए ।

National Life

खेलमा सुरुआती अग्रता भने नाइजेरियाले बनाएको थियो । ३८औं मिनेटमा इकोङको गोलमार्फत नाइजेरियाले पहिलो हाफमा १–० को अग्रता लिएको थियो । तर, दोस्रो हाफमा आइभोरी कोस्टले उत्कृष्ट पुनरागमन गर्यो ।

६२औं मिनेटमा केस्सीले आइभोरी कोस्टलाई १–१ को बराबरीमा ल्याए । ८१औं मिनेटमा हलरले गोल गर्दै अइभरी कोस्टलाई २–१ को रोमाञ्चक पुनरागमन जित दिलाए ।

Classic Tech Mobile
Classic Tech Desktop

आइभरी कोस्ट तेस्रो पटक च्याम्पिनयन बनेको हो । यसअघि आइभरी कोस्ट सन् १९९२ र २०१५ मा च्याम्पियन बनेको थियो ।

प्रतिकृया