• ८ असोज २०८३, बिहीबार
  • ३ः५२ राती

नेपालले एक खेलअगावै जित्यो क्यानडाविरुद्धको सिरिज

प्रकाशित मिति

२०८० माघ २७ गते, शनिबार ०६:४७

माघ २७, २०८० काठमाडौँ: क्यानडाविरुद्ध नेपालले लगातार दोस्रो जित निकाल्दै सिरिज अन्तिम खेलअगावै २–० ले कब्जा गरेको छ। दोस्रो एकदिवसीय खेलमा टियु मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले दिएको २ सय ८६ रनको लक्ष्य नेपालले २९ बल बाँकी हुँदा ६ विकेट गुमाएर पूरा गरेको थियो।

National Life

नेपालको जितमा कप्तान रोहित पौडेलसहित ३ खेलाडीले अर्धशतकीय इनिङ्स खेलेका थिए। अनिल साहले नेपालका लागि सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने कीर्तिमान बनाए। उनले १९ बलमै अर्धशतक प्रहार गरे।

त्यस्तै, रोहित पौडेलले ८७ रन बनाउँदा देव खनालले ७६ रन बनाए। यी दुईबीच तेस्रो विकेटका लागि १ सय ५० रनको साझेदारी भएको थियो। त्यस्तै, भिम सार्कीले २३ रन बनाउँदा पवन सराफले १४ रन जोडेका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

त्यसअघि टस जितेर ब्याटिङ रोजेको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २५८ रन बनाएको थियो। क्यानडाका लागि आरोन जोनसज र नवनित धालिवालले पहिलो विकेटका लागि ९४ रनको साझेदारी गरे। जोनसजले सर्वाधिक ६५ रन बनाए। ६२ बलको सामना गरेका उनले २ छक्का र १० चौका हाने।

यस्तै, नवनीत धालिवालले ४६ रन बनाए। श्रेयस मोभ्भाले ४० रन बनाएका थिए। क्यानडाविरुद्ध कुशल मल्ल र कप्तान रोहित पौडेलले समान २–२ विकेट लिए। यस्तै, सोमपाल कामी, सूर्य तामाङ, आकाश चन्द र पवन सर्राफले १–१ विकेट लिए।

प्रतिकृया