• ९ असोज २०८३, शुक्रबार
  • ६ः३० बिहान

प्रधानमन्त्रीको आश्वासन– मन्त्रिमण्डल पुनर्गठन हुन्छ

प्रकाशित मिति

२०८० माघ २७ गते, शनिबार ०६:४४

माघ २७, २०८० काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल पुनर्गठन हुने बताएका छन् । मन्त्रिमण्डल पुनर्गठन हुने निश्चित भएको भन्दै उनले त्यसमा तामाङ समुदायका एकजनालाई मन्त्री बनाउने घोषणा समेत गरे ।

National Life

शनिबार काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा उनले गत वर्ष पनि आफूले सोनाम ल्होसारको अवसर पारेर घोषणा गरेअनुसार वागमती प्रदेशमा तामाङ समुदायबाट मन्त्री बनाइएको स्मरण गराए ।

“…अब मन्त्रिमण्डलको जति बेला पुनर्गठन हुन्छ, पहिलो प्राथमिकता वागमती प्रदेशको तामाङ समुदायको जनप्रतिनिधिलाई मन्त्री बनाइनेछ । म यो लाखौँ जनताको अगाडि भन्दै छु,” उनले भने, “अब संघको मन्त्रिमण्डल पुनर्गठन त हुन्छै हुन्छ । पुनर्गठन हुनेबित्तिकै तामाङ मन्त्री हुन्छ । यो विश्वास म तपाईंहरूलाई दिलाउन चाहन्छु । तपाईं लाखौं जनसमुदायको बीचमा मैले यो कमिटमेन्ट गरेको छु ।”

Classic Tech Mobile
Classic Tech Desktop

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले सोनाम ल्होसारका निम्ति सरकारले यो वर्ष पनि सहयोग गर्ने आश्वासन दिए । गत वर्षको ‘पेमेन्ट’ नभएको आफूले जानकारी पाएकाले त्यसको पनि ‘फलोअप’ गर्ने उनको भनाइ थियो ।

सरकारले संघीयता कार्यान्वयनको कामलाई उच्च प्राथमिकता दिएको उनले दोहोर्‍याए ।

प्रतिकृया