• 5:49 pm

नेपाल सुपर लिग : झापा एफसी र स्पोर्टिङ इलाम भिड्दै

प्रकाशित मिति

२०८० मंसिर ११ गते, सोमबार ०८:३४

मंसिर ११, २०८० काठमाडौँ: नेपाल सुपर लिग (एनएसएल) मा आज दुई नयाँ टोलीबीच प्रतिस्पर्धा हुँदै छ । झापा एफसी र स्पोर्टिङ इलाम एफसीबीच प्रतिस्पर्धा हुन लागेको हो । यी दुवै नेपाल सुपर लिगमा नयाँ टोली हुन् ।

इलामले उद्घाटन खेलमा साविक विजेता काठमाडौं रेजर्ससँग खेलेको थियो । पहिलो खेलमा उसले १–० ले पराजय बेहोर्नु परेको थियो । झापाको लागि भने यो पहिलो खेल हो । खेल साँझ साढे ५ बजे हुनेछ ।

मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगितामा कुल नौ टिमको सहभागिता छ । प्रतियोगिताको यस सिजन काठमाडौं रेजर्स, धनगढी एफसी, बुटबल लुम्बिनी एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी, चितवन एफसी, झापा एफसी, वीरगन्ज एफसी, ललितपुर सिटी एफसी, बुटवल लुम्बिनी र पोखरा थन्डर्सले खेलिरहेका छन् ।

प्रतियोगिताको पहिलो संस्करणको उपाधि काठमाडौं रेजर्सले जितेको थियो । प्रतियोगिताका सबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानजमेन्टले प्रतियोगिताका लागि साधारणतर्फ ३०० र विशिष्टतर्फ ५०० रुपैयाँ टिकट मूल्य तय गरेको छ ।

प्रतिकृया