• ११ असोज २०८३, आइतबार
  • ८ः१३ बिहान

गुरु नानक जयन्ती : राष्ट्रिय एकतालाई मजबुत बनाउन बल पुग्ने राष्ट्रपतिको विश्वास

प्रकाशित मिति

२०८० मंसिर ११ गते, सोमबार ०८:४२

मंसिर ११, २०८० काठमाडौँ; राष्ट्रपति रामचन्द्र पौडेलले समाज सुधारक धार्मिक गुरु ‘गुरुनानक’ ले समाजमा विद्यमान जातीय एवं लैंगिक विभेदका साथै अन्धविश्वास र कुरीतिविरूद्ध मानिसलाई सचेत गराउन खेलेको भूमिका सदैव स्मरणीय रहेको बताएका छन् ।

National Life

सिख धर्मावलम्बीको विशेष पर्व गुरुनानक जयन्तीको अवसरमा आज उनले जारी गरेको सन्देशमा विश्वभर छरिएर रहेका सम्पूर्ण सिख धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् । “गुरु नानकले स्थापित गरेका सामाजिक न्यायका मार्गदर्शनको अवलम्बन गर्न सकिएमा समाजमा शान्ति स्थापना भई आपसी सद्भाव, भाइचारा, सहिष्णुताका साथै सामाजिक न्याय प्रगाढ हुने र राष्ट्रिय एकतालाई थप मजबुत बनाउन बल पुग्ने मैले विश्वास लिएको छु,” सन्देशमा उनले उल्लेख गरेका छन् ।

समाजमा विद्यमान सबै प्रकारका विकृति र विभेदको अन्त्य गरी सामाजिक न्याय, समानता तथा भ्रातृत्व कायम गर्न गुरु नानक जयन्तीबाट सबैलाई प्रेरणा मिल्ने विश्वास पनि राष्ट्रपति पौडेलले गरेका छन् । गुरु नानक जन्मजयन्ती हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमामा सिख धर्मावलम्बीले भक्तिभावका साथ मनाउने गर्छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया