• ३ साउन २०८३, आइतबार
  • ३:५३ बेलुका

कांग्रेस सभापति देउवाद्वारा छठ पर्वको उपलक्ष्यमा शुभकामना व्यक्त

प्रकाशित मिति

२०८० मंसिर ३ गते, आईतवार ११:२५

मंसिर ३, २०८० काठमाडौँ: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छठ पर्वको अवसरमा एक विज्ञप्ति जारीगर्दै शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले नेपालको तराई क्षेत्रमा बसोबास गर्ने नेपालीहरुले अति श्रद्धाका साथ सूर्य भगवानको आराधना गरेर मनाइने महत्वपूर्ण र पवित्र पर्व “छठ पर्व” रहेको भन्दै उहाँले नेपालको तराई क्षेत्रमा बसोबास गर्ने नेपालीहरुले अति श्रद्धाका साथ सूर्य भगवानको आराधना गरेर मनाइने महत्वपूर्ण र पवित्र पर्व “छठ पर्व” का अवसरमा सम्पूर्ण तराईवासी दाजु–भाई तथा दिदी–बहिनीहरुमा सुख, शान्ति, समृद्धि र सफलताका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।


उहाँले जारी गरिएको विज्ञप्तिमा भनिएको छ–’नेपाल विभिन्न चाड–पर्व, धार्मिक एवं सांस्कृतिक रीतिरिवाजहरु भएको मुलुक हो । यी प्रत्येक धार्मिक र सांस्कृतिक रीतिरिवाजहरुलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सदभावयुक्त परम्परा छ । हाम्रा यी सबै चाड–पर्वहरु हाम्रो सामाजिक सम्बन्ध र सांस्कृतिक सौहाद्र्रताका धरोहरहरु हुन् । यी चाड–पर्वहरुले सामुहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पु-याएका छन् ।’

Kamana Sewa

अन्त्यमा, अति श्रद्धाका साथ मनाइने छठ पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्दै पुनः हार्दिक शुभ–कामना व्यक्त गर्नुभएको छ ।

Classic Tech Desktop

प्रतिकृया