• 4:02 am

क्यानले राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई ५० लाख रुपैयाँ दिने

प्रकाशित मिति

२०८० कार्तिक २१ गते, मंगलवार ०१:४२

कात्तिक २१, २०८० काठमाडौँ: नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका खेलाडीलाई ५० लाख रुपैयाँ पुरस्कार दिने भएको छ ।विश्वकप क्रिकेटमा पुर्याउन सफल भएका राष्ट्रिय टोलीका खेलाडीलाई ५० लाख रुपैयाँ पुरस्कार दिने भएको छ ।


नेपाल क्रिकेट संघ (क्यान) को सोमबार बसेको बोर्ड बैठकले नेपाललाई विश्वकप क्रिकेटमा पुर्याउने खेलाडीहरुलाई उक्त पुरस्कार दिने घोषणा गरेको हो ।


क्यानको बोर्ड बैठक अनुसार एसिसी यु–१९ प्रिमियर कप विजेता टोलीका सदस्यलाई जनही ५० हजार दिने बताएको छ ।

प्रतिकृया