• 3:20 am

क्यानले फाइनल खेलको टिकट बिक्रीबापतको आधा रकम भूकम्प पीडितलाई दिने

प्रकाशित मिति

२०८० कार्तिक १८ गते, शनिबार ०१:२२

कात्तिक १८, २०८० काठमाडौँ: नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार हुने नेपाल र ओमानबिचको खेलको टिकट बिक्रीबापत प्राप्त हुने रकमको पचास प्रतिशत रकम भूकम्प पीडितलाई दिने भएको छ ।


आइसीसी टी–२० विश्वकप २०२४ को एसिया छनोट अन्तर्गत आइतबार नेपाल र ओमानबिच फाइनल खेल हुँदैछ ।


क्यानले भूकम्पबाट भएको मानवीय तथा संरचनागत क्षतिले आफूलाई अत्यन्त मर्माहत तुल्याएको जनाएको छ ।


भूकम्पमा परी ज्यान गुमाउने सम्पूर्णप्रति श्रद्धाञ्जली अर्पण गर्दै क्यानले शोकाकुल परिवारमा समवेदनासमेत प्रकट गरेको छ ।

प्रतिकृया