• 10:06 am

भूकम्प प्रभावित क्षेत्रमा नेपाल टेलिकमकाे सीमसहित नि:शुल्क सेवा

प्रकाशित मिति

२०८० कार्तिक १८ गते, शनिबार ०१:५१

कात्तिक १८, २०८० काठमाडौँ: नेपाल टेलिकमले भूकम्प प्रभावित रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोट क्षेत्रका लागि पाँच दिनसम्म भ्वाइस कल र एसएमएस सेवा निःशुल्क दिने निर्णय गरेको छ । नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले आज एक विज्ञप्ति जारी गरी सो कुराको जानकारी गराएका हुन् ।


उनले भूकम्प प्रभावित क्षेत्रमा नेपाल टेलिकमका सम्पूर्ण सेवाहरु सुचारु रहेको जानकारी गराउँदै सूचना आदान–प्रदानलाई निरन्तरता दिन सो क्षेत्रमा रहेका कम्पनीका सम्पूर्ण मोबाइल ग्राहकहरूलाई पाँच दिनका लागि भ्वाइस र एसएमएस सेवा निशुल्क उपलब्ध गराइएको जानकारी दिए ।


उनले सो क्षेत्रमा पाँच दिनका लागि भ्वाइस र एसएमएस सेवासहितको निःशुल्क सीम उपलब्ध गराउने समेत जानकारी दिए । सीम कम्पनीको सुर्खेत, रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोटका कार्यालयबाट उपलब्ध हुने पनि विज्ञप्तिमा भनिएको छ ।


उद्धार क्षेत्रमा सूचना आदानप्रदान गर्न आवश्यकताअनुसार निःशुल्क नमस्ते वाइफाइ सेवा समेत उपलब्ध गराइने विज्ञप्तिद्वरा जनाइएको छ ।

प्रतिकृया