• १३:४२ २०८० फाल्गुन ११ गते
  • 1:42 pm

गुटेरेसलाई स्वागत गर्न प्रधानमन्त्री दाहाल लुम्बिनीमा

प्रकाशित मिति

२०८० कार्तिक १४ गते, मंगलवार ११:१८

lumbinin

कात्तिक १४, २०८० लुम्बिनी : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुद्ध जन्मस्थल लुम्बिनी आइपुग्नुभएको छ । नेपालको औपचारिक भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई स्वागत गर्न उहाँ यहाँ आइपुग्नुभएको हो । महासचिव अन्नपूर्ण बेसक्याम्पबाट भैरहवा हुँदै लुम्बिनी आउँदै हुनुहुन्छ ।


लुम्बिनीमा प्रधानमन्त्री दाहाललाई लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, पर्यटनमन्त्री सुदन किराती, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामालगायतले स्वागत गर्नुभएको छ ।


महासचिव गुटेरेस लुम्बिनी भ्रमणमा आउने संयुक्त राष्ट्रसङ्घका छैटौँ महासचिव हुनुहुन्छ ।

प्रतिकृया