• ०९:०२ २०८१ बैशाख ४ गते
  • 9:02 am

कोन्ज्योसोममा २४ गतेदेखि सामाजिक सुरक्षाा भत्ता वितरण हुँदै

प्रकाशित मिति

२०८० आश्विन २३ गते, मंगलवार ०१:५२

samajik surakchhya kosh vMkQPo8TWa e1618709136911

असोज २३, २०८० ललितपुर : कोन्ज्योसोम गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमासिकको सामाजिक सुरक्षा भत्ता असोज २४ गतेदेखि वितरण गर्ने भएको छ। सानिमा बैंक लिमिटेड कोन्ज्योसोम शाखामार्फत सम्बन्धित वडा कार्यालयहरुमा नै भत्ता वितरण गरिने भएको गाउँपालिकलो सूचना जारी गरी जनाएको छ ।


गाउँपालिकाले असोज २४ चौघरेमा, २५ गते नल्लु, २६ गते दलचोकी, २९ गते शंखु र ३० गते भारदेउमा सामाजिक सुरक्षा भत्ता वितरण गरिने भएको गाउँपालिकाले सूचना जारी गरी जनाएको छ । भत्ता वितरण बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म गरिने छ । भत्ता बुझ्न आउँदा लाभग्राहीले नागरिकताको सक्कल प्रति, नागरिकताको फोटो कपि एक प्रति, लाभग्राहीलाई बैंकले उपलब्ध गराएको चेक बुक लिएर आउन गाउँपालिकाले सूचना मार्फत आग्रह गरेको छ ।

प्रतिकृया