• ०६:०१ २०८१ बैशाख ७ गते
  • 6:01 am

काठमाडौँ जिससद्धारा जिल्लाका तीनवटै तहका कार्यालयको समिक्षा सम्पन्न

प्रकाशित मिति

२०८० आश्विन २३ गते, मंगलवार ०१:३९

dcc kat 2 e1696924310935

असोज २३, २०८० काठमाडौं : जिल्ला समन्वय समिति काठमाडौँले जिल्ला भित्रका स्थानीय, प्रदेश र संघीय सरकारले गत आर्थिक वर्ष २०७९/८० मा सञ्चालित कार्यक्रमको समिक्षा सम्पन्न गरेको छ । असोज २१ र २२ गते दुई दिन गरी जिससले जिल्ला स्थित तीनवटै तहका कार्यालयको समिक्षा सम्पन्न गरेको हो ।


आइतबार समिक्षा कार्यक्रमकको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य गणेश पराजुलीले जिल्ला समन्वय समितिलाई बलियो बनाउनुपर्ने तर्क गरे । उनले संविधान र कानुनमा उल्लेख भएका संरचनालाई प्रभावकारी रुपमा काम गर्ने अधिकार प्रदान गरेपछि मात्र संघीयता कार्यान्वयन हुने बताए।


जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकीले काठमाडौँ भित्रका एउटा स्थानीय तहले गरेका असल अभ्यासको अर्का स्थानीय तहलाई कार्यान्वयन गराउनका लागि जिल्ला समन्वय समितिले आवश्यक सहजिकरण गर्न तयार रहेको बताए । उनले अन्तर स्थानीय तहका सामूहिक समस्याको सामूहिक समाधानका गर्नका लागि पनि जिससले भूमिका निर्वाह गर्ने स्पष्ट पारे।


समिक्षा कार्यक्रममा सहभागि संघ, प्रदेश र स्थानीय तहले पर्याप्त स्रोत र साधनको अभावमा विकास निर्माणको काम माग अनुसार हुन नसकेको, प्रदेश र संघीय सरकारका योजना कार्यान्वयनमा समस्या भएको, अन्तर तह समन्वय र सहजिकरणको अभावमा विकास निर्माण, सेवा प्रवाह र सुशासन कायम गर्ने काममा समस्या सिर्जना भएको औंल्याएका थिए ।


समिक्षाा प्रस्तुत गरिएको प्रस्तुतीमा काठमाडौँका जिल्ला समन्वय अधिकारी शिवप्रसाद रिजालले सहजिकरणको गर्दै राम्रो काम जुनसुकै कार्यालयले गरेका भए पनि अर्का कार्यालयले अनुशरण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । कार्यक्रममा काठमाडौँका स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत योजना शाखाका प्रमुख लगायतको सहभागिता रहेको थियो ।


संविधान र स्थानीय सरकार सञ्चालन ऐनले जिल्ला समन्वय समितिलाई जिल्ला भित्रका तीनवटै तहको नीति, योजना र कार्यक्रमको समन्वय, सहिजकरण र अनुगमन गर्न अधिकार प्रदान गरेको छ सोही अधिकार अनुसार जिससले तीनवटै तहको समिक्षा सम्पन्न गरेको हो।

प्रतिकृया