पेट पाल्न पुगेका नेपालीमाथि आंतककारी आक्रमण, १९ वर्षमा ३७ को मृत्यु
प्रकाशित मिति
२०८० आश्विन २३ गते, मंगलवार ०२:२०
असाेज २३, २०८० काठमाडौं : शनिबार बिहानैदेखि प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलको दक्षिणी क्षेत्रमा एकसाथ सयौं रकेट आक्रमण गरेका थिए । उक्त हमलामा वैदेशिक रोजगारीमा कार्यरत नेपालीहरु पनि परेको सामाजिक सञ्जालमा सूचना बाहिरियो । तर, इजरायलमा हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका छन् । भने, केही नेपाली घाइते भएको उनीहरुको उपचार भइरहेको एनआरएन इजरायलका अध्यक्ष श्रीकृष्ण भण्डारीले जानकारी दिएका छन् ।
१९ वर्षअघि वैदेशिक रोजगारीका लागि इराक पुगेका १२ नेपाली आतंकवादी संगठनको कब्जामा परेका थिए । १५ भदौ २०६१ मा उनीहरूको वीभत्स हत्या भएको भिडियो सार्वजनिक भएको थियो । अतिवादी संगठन इस्लाम अल सुन्ना समूहले उनीहरूको वीभत्स हत्या गरेको थियो । १५ भदौमा भिडियो सार्वजनिक भएपछि भोलिपल्ट नेपालका मुख्य शहरमा ठूलो तोडफोड भएको थियो ।
१९ वर्षको अवधिमा वैदेशिक रोजगारीको खोजीमा युद्धग्रस्त देश पुगेका २७ जना नेपाली कामदारको विद्रोही समूह र आंतककारी आक्रमणमा परी मृत्यु भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको तथ्यांकमा छ । १९ वर्षको अवधिमा रोजगारीको खोजीमा अफगानिस्तान, लिविया र इराक पुगेका २७ नेपालीको आतंककारी आक्रमण र आतंकवादी समूहको हमलाबाट मृत्यु भएको सरकारी तथ्यांकमै छ ।
सरकारले रोजगारीका लागि लिबिया जान पनि प्रतिबन्ध लगाएको छ । तर, ४ वर्षअघि लिवियाको पूर्वी त्रिपोलीस्थित तजौरा डिटेन्सन सेन्टरमा बम आक्रमण हुँदा रोजगारीका लागि त्यहाँ पुगेका नेपाली नागरिक सन्तोष श्रेष्ठको मृत्यु भएको थियो।
यस्तै, वैदेशिक रोजगार रोजगारीका लागि अफगानिस्तान गएका १४ नेपालीले आतंकवादीको आक्रमणबाट ज्यान गुमाएका थिए । २०७३ असारमा आफगानिस्तानको राजधानी काबुलमा भएको बम आक्रमणमा नेपालीले ज्यान गुमाएका थिए । नेपाली सुरक्षागार्ड सवार मिनीबसलाई लक्षित गरी भएको आक्रमणमा १२ जना नेपालीको मृत्यु भएको थियो ।
४ वर्षअघि अफगानिस्तानको राजधानी काबुलमै आतंकवादी विस्फोटमा रोजगारीका लागि त्यहाँ पुगेका २ जना नेपालीको पनि मृत्यु भएको छ । ४ वर्षभित्र ज्यान गुमाउने नेपाली तालिवानी समूहले नै गरेको आक्रमणमा परेका थिए । ज्यान गुमाएका नेपाली सुरक्षा गार्डको रोजगजारीका लागि अफगानिस्तान गएका थिए । अफगास्तिानमा भने ग्रीन जोनमा सुरक्षा गार्डका लागि जान खुला गरिएको थियो । त्यही क्षेत्रमा अमेरिकी सेना बसेको क्याम्पका रोजगारीका लागि पुगेको नेपालीहरुले ज्यान गुमाएका थिए ।
इराक र लिविया रोजगारीमा जान सरकारले प्रतिबन्ध लगाएको छ । लिबिया रोजगारीका लागि नेपाली दलालमार्फत जाने गरेको पाइन्छ । अफगास्तिान, लिबिया, इजरायल र इराकमा गरी आंतककारी हलमामा परी ६० जनाभन्दा धेरै वैदेशिक रोजगारीमा गएका नेपाली घाइले भएको श्रम मन्त्रालयले जनाएको छ ।
नेपालीहरु रोजगारीमा पुगेका देशमा प्राय नेपाली कूटनीतिक नियोगको पहुँच छैन । जसका कारण नेपाली कामदार आक्रमणमा पर्दा, मृत्यु, अलपत्र र समस्यामा परेको समय उद्धारका लागि तेस्रो देशको सहयोगमा स्वदेश ल्याउनुपर्ने अवस्था छ । अवैध बाटो हुँदै नेपालीहरु रोजगारीका लागि युद्धग्रस्त देश पुग्ने गरेका कारण तथ्यांक नहुने गरेको र उनीहरु समस्यामा पर्दा उद्धार गर्न समस्या भइरहेको परारष्ट्रकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् । उनका अनुसार नेपालीहरु रोजगारीका खोजीमा कसरी पुग्छन् । त्यहाँ पुगेका कामदारको तथ्यांक नहुँदा अथवा केही ठुला घटना घटेपछि मात्र सरकारलाई जानकारी हुनेगरेको उनको भनाइ छ ।
हाल नेपाली रोजगारीका लागि १ सय ८९ वटा देश रोजगारीको खोजीमा पुग्नेगरेको श्रम मन्त्रालयको तथ्यांकमा छ ।
प्रतिकृया