• १२ असोज २०८३, सोमबार
  • १ः४५ दिउँसो

स्वदेश फर्कंदा अरू व्यक्तिका सामान नल्याउनोस् : भन्सार कार्यालय

प्रकाशित मिति

२०८० आश्विन १९ गते, शुक्रबार ०१:०४

असोज १९, २०८० काठमाडौँ: त्रिभुवन विमानस्थल भन्सार कार्यालयले स्वदेश फर्कंदा अरू व्यक्तिका सामान नल्याउन आग्रह गरेको छ । कार्यालयले एक सूचना जारी गर्दै कानुनी रूपमा प्रतिबन्धित सामान पनि नल्याउन सचेत गराएको छ ।

National Life

विदेशका विमानस्थलमा केही व्यक्तिले प्रलोभन देखाएर विभिन्न सामान नेपाल पुर्‍याइदिन आग्रह गर्ने गरेको सूचना पाएको कार्यालयले जनाएको छ । परिचित र अपरिचित कुनै पनि व्यक्तिको प्रलोभनमा परी त्यस्तो कार्य नगर्न कार्यालयले अनुरोध गरेको छ ।

विदेशबाट आउँदा के ल्याउन पाइन्छ, के पाइँदैन ?

Classic Tech Mobile
Classic Tech Desktop

“महत्त्वपूर्ण चाडपर्वको समयमा विभिन्न मुलुकबाट स्वदेश फर्कंदै गर्नुहुने सम्पूर्ण नेपाली नागरिकहरूलाई विदेशका विमानस्थलमा केही व्यक्ति तथा समूहले विभिन्न प्रलोभन देखाई विभिन्न मालसामान (जस्तै, ल्यापटप, मोबाइल, सुन, घडी आदि) नेपालको विमानस्थलसम्म पुर्‍याइदिनु भन्ने गरेको सूचना यस कार्यालयमा प्राप्त भएको छ,” सूचनामा उल्लेख छ ।


कानुनबमोजिम छुट पाउने आफ्नोबाहेक अरूका समान नल्याउन कार्यालयले आग्रह गरेको छ । “परिचित तथा अपरिचित कुनै पनि व्यक्तिको प्रलोभनमा परी आफ्नो व्यक्तिगत प्रयोगका सामान (कानुनबमोजिम छुट पाउने)बाहेक अन्य व्यक्तिको सामान र नेपालको कानुनले प्रतिबन्ध गरेका मालसामान नल्याउनु हुन यस कार्यालय सादर अनुरोध गर्दछ,” सूचनामा उल्लेख छ ।

प्रतिकृया