खेलकुद पत्रकार मञ्चद्वारा खेलकुद पत्रकार बोगटीसहित २ जना सम्मानित
प्रकाशित मिति
२०८० भाद्र २८ गते, बिहीबार ०२:५१

भदौ २८, २०८० काठमाडौँ: नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले अग्रज खेलकुद प त्रकार मुकुन्द बोगटीलाई सम्मान गरेको छ । बुधबार एनएसजेएफले एनएसजेएफ पत्रकारिता पुरस्कारबाट बोगटीलाई सम्मान गरेको हो । मञ्चको २८औँ स्थापना दिवसको अवसरमा बुधबार नक्सालस्थित होटल क्राउन प्लाजामा एक कार्यक्रमकाबीच बोगटीलाई सम्मान गरिएको हो ।
सोही समारोहमा सुमन बम्जन युवा पत्रकारिता पुरस्कारबाट रमेश सुवेदी सम्मानित भएका छन् । मञ्चले आफ्नो स्थापना दिवसको अवसरमा २०७१ सालदेखि अग्रज र २०७६ सालदेखि युवा खेल पत्रकारलाई सम्मान गर्दै आएको छ । सोही अनुसार मञ्चले स्थापना दिवसका अवसरमा बुधबार मञ्चका संस्थापक कोषाध्यक्ष समेत रहेका बोगटीलाई नगद २५ हजार नगर र सुवेदीलाई एक थान ल्यापटप, पुष्पगुच्छा र दोसल्ला ओडाएर सम्मान गरेको हो ।
उनीहरूलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, महासचिव निलेन्द्रराज श्रेष्ठ, अखिल नेपाल फुटबल संघ(एन्फा) का महासचिव किरण राई र मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीलगायतले सम्मान गरेका थिए।
अवार्डबाट सम्मानित बोगटीले अग्रजको योगदान स्मरण गर्दै मञ्चले गरेको सम्मानप्रति आभार प्रकट गरे । साथै, उनले आजभन्दा २८ वर्षअगाडि आफू १९ वर्षको उमेर हुँदा खेलकुद पत्रकार मञ्चको स्थापना गरिएको स्मरण गर्दै अहिले मञ्चको वृद्धि विकासप्रति पनि खुसी व्यक्त गरे ।
प्रतिकृया