• १० असोज २०८३, शनिबार
  • १०ः३३ राती

असोज ५ र ६ गते क्यानको अधिवेशन काठमाडौंमा हुने

प्रकाशित मिति

२०८० भाद्र २८ गते, बिहीबार ०३:१७

भदौ २८, २०८० काठमाडौँ: नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय साधारणसभा तथा अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने भएको छ । नयाँ बानेश्वरको एभरेष्ट होटलमा अधिवेशन हुने क्यानले बिहीबार एक सूचनामार्फत जनाएको छ ।

National Life

क्यानको नयाँ नेतृत्वसमेत चयन गर्ने अधिवेशनमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य, प्रादेशिक क्रिकेट संघ, जिल्ला क्रिकेट संघ, नेपाल अम्पायर्स तथा कोरर्स संघ र नेपाल क्रिकेट प्रशिक्षक संघबाट चयन भएका प्रतिनिधिहरुले भाग लिन पाउने छन् ।


क्यानका अनुसार केन्द्रीय अधिवेशनअघि जिल्ला तथा प्रदेश अधिवेशनहरु भइसकेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया