• 8:30 am

एसिया कपको दोस्रो खेलका लागि श्रीलंका पुग्यो नेपाली टोली

प्रकाशित मिति

२०८० भाद्र १४ गते, बिहीबार ०३:०४

भदौ १४, २०८० काठमाडौँ: एसिया कप- २०२३ का लागि नेपाली क्रिकेट टोली श्रीलंका पुगेको छ । बुधबारदेखि सुरु भएको एसिया कपमा आफ्नो दोस्रो खेलका लागि नेपाली टोली श्रीलंका पुगेको हो ।


पाकिस्तानमा बुधबार भएको पहिलो खेलमा नेपाली टिम पाकिस्तानसँगै फराकिलो अंकले पराजित भएको थियो । नेपाली टोलीलाई श्रीलंका क्रिकेटले स्वागत गरेको छ । दोस्रो खेल नेपालले यही भदौ १८ गते श्रीलंकामा भारतसँग खेल्नेछ ।

प्रतिकृया