• 8:08 am

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा ९ जनाको आवेदन

प्रकाशित मिति

२०८० भाद्र १४ गते, बिहीबार ०२:४६

भदौ १४, २०८० काठमाडौँ : चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष लागि ९ जनाको आवेदन परेको छ। चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले बिहीबार नामावली प्रकाशन गरेको हो।


उपाध्यक्षका लागि आवेदन दिएका ९ जना उम्मेदवारहरुको प्रस्तुतिकरण र अन्तर्वार्ता भदौ १७ र १८ गते हुने भएको छ ।उपाध्यक्ष पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले प्रस्तुतिकरण एवं अन्तर्वार्ताका लागि सूचना प्रकाशित गरेको हो ।


आयोगका वर्तमान उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले कार्यकाल दोहो-याउन चाहेका छन् । त्यस्तै प्रा.डा. संगीता सिंह भण्डारी, प्रा. डा. सुमनकुमार श्रेष्ठ, डा. प्रविण मिश्र, प्रा.डा पियुस दाहाल र प्रा.डा विधाननिधि पौडेलले पनि उपाध्यक्षका लागि निवेदन दिएका छन् । आयोगको उपाध्यक्ष लागि डा. प्रमोदकुमार यादव, डा. अञ्जनीकुमार झा र प्रा.डा.मनेनप्रसाद गोर्खालीले पनि आवेदन दिएका छन् ।


उपाध्यक्ष पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न सिफारिस समितिले दरखास्त स्वीकृत भएका उम्मेदवारको व्यावसायिक कार्ययोजना सहितको सोचपत्र प्रस्तुत गर्न मिति र समयसहितको सूचना प्रकाशित गरेको छ ।


उम्मेदवारहरुले सोचपत्रको प्रस्तुतिकरण भदौ १५ गते ३ बजेभित्र समितिको सचिवालय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबारमा पेश गर्न भनिएको छ ।

प्रतिकृया