• 7:47 am

सानिमा रिलायन्सका एजेन्सी म्यानेजरहरु विस्वव्यापी सम्मेलनमा भागलिन सिंगापुर प्रस्थान

प्रकाशित मिति

२०८० भाद्र १२ गते, मंगलवार १०:४९

भदौ १२, २०८० काठमाडौँ : सानिमा रिलायन्स लाईफ ईन्स्योरेन्स लि. बाट आ. व. २०७९/८० मा उत्कृस्ट जीवनबीमा व्यवसाय गरेर MDRT हासिल गर्न सफल ६ जना एजेन्सी म्यानेजरहरु सिंगापुरमा सञ्चालन हुने विस्वव्यापी सम्मेलनमा भागलिन नेपालबाट प्रस्थान गरेका छन् ।


सम्मेलनमा भाग लिन जानेमा अभिकर्ताहरु नमिता न्यौपाने, श्याम गुरुङ, भावना तिम्सिना, हिमालदेवी गुरुङ, सिता भट्टराई र कल्पना बिष्ट रहेका छन्। कम्पनीले एक कार्यक्रमको आयोजना गरेर सम्पूर्ण MDRT हासिल गर्न सफल अभिकर्ताहरुलाई भव्यताका साथ बिदाई समेत गरेको छ ।


एम डि आर टि भनेको अभिकर्ताहरुको विस्वव्यापी संजालहो जसमा भाग लिनको लागि जनवरी देखि डिसेम्बर सम्म तोकिएको बीमा शुल्क संकलन गर्नुपर्ने हुन्छ । यस संस्थामा हाल सम्म ७२ देशका ५०० कम्पनी आबद्ध भएका छन् । बीमा अवधि र बीमाको किसिम लगायत विभिन्न मापदण्ड मार्फत उक्त रकम हासिल गर्न सफल भएपछि मात्र कार्यक्रममा भाग लिन पाउने व्यवस्था रहेको हुन्छ ।


सन् २०२२ का लागि नेपाललबाट MDRT मा भागलिनको लागि ३७ लाख ९२ हजार तीन सय रुपैयाँ प्रथम बीमा शुल्क संकलन गर्नु पर्ने लक्ष्य रहेको थियो । सिओटीका लागि भने १ करोड १३ लाख ७६ हजार रुपैयाँ र टिओटीका लागि २ करोड २७ लाख ५३ हजार रुपैयाँ प्रथम बीमा शुल्क संकलन गर्नु पर्ने प्रावधान रहेको थियो ।


यस संस्थाको लक्ष्यहासिल गर्नुलाई हरेक अभिकर्ताको प्रतिष्ठाको विषयको रुपमा लिइन्छ । अभिकर्ताहरुको क्षमता अभिवृद्धिका लागि यस संस्थाको सम्मेलन महत्वपूर्ण मानिन्छ । नेतृत्वविकास र क्षमता अभिबृद्धिका लागि एमडीआरटीलाई उत्कृष्ट अन्तर्राष्ट्रिय प्लेटफर्मको रुपमा रहेको हुँदा सम्पूर्ण सफलअभिकर्ताहरु प्रतिकम्पनी आभार व्यक्त गरेका छन् ।

प्रतिकृया