• २३ भदौ २०८३, मंगलबार
  • १०ः३७ बिहान

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् अन्तर्गत स्वास्थ्य तर्फका ४९ कलेजले सिट पाएनन्

प्रकाशित मिति

२०८० भाद्र ८ गते, शुक्रबार ०४:४४

भदौ ८, २०८० काठमाडौँ: प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट सम्बन्धन/स्वीकृति प्राप्त ४९ कलेजको नाम प्रकाशित गरेको छ । शैक्षिक सत्र २०८०/०८१ को डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षाका लागि स्वास्थ्य तर्फका शिक्षण संस्थाहरुको चिकित्सा शिक्षा आयोगबाट सिट स्वीकृत नभएपछि ती शिक्षण संस्थाहरुको सिट निर्धारण नभएको हो ।

National Life

चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद(सीटीईभीटी) अन्तर्गतका १९६ वटा कलेजका लागि विभिन्न विषयमा सिट निर्धारण गरेको छ। आयोगले सीटीईभीटीले पठाएको विवरणका आधारमा सिट निर्धारणका विषयमा निर्णय गरेको हो ।


आयोगको कार्यकारी समितिको बैठकले सीटीईभीटी अन्तर्गतका नर्सिङ, सामान्य चिकित्सा, ल्याब टेक्नोलोजी, रेडियोग्राफी, फार्मेसी लगायतका विषयको सिट निर्धारणका विषयमा निर्णय गरेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया