छानबिन आयोग गठन हुँदा भइरहेको अनुसन्धान प्रभावित हुने सांसद पौडेलको शंका

प्रकाशित मिति

२०८० भाद्र ६ गते, बुधबार ०५:३५

devendra

भदौ ६, २०८० काठमाडौँ: नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले उच्चस्तरीय छानबिन आयोग गठन हुँदा भइरहेको अनुसन्धान प्रभावित हुने चिन्ता व्यक्त गरेका छन् ।


बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यसबारेमा चिन्ता व्यक्त गरेका हुन् । सरकारले सुन तस्करी प्रकरणको अनुसन्धानका लागि असोज ५ गते उच्चस्तरीय छानबिन समिति बनाउने सहमति गरेसँगै उनले उच्चस्तरीय छानबिन समितिमाथि प्रश्न उठाए ।


उनले शीर्ष नेताहरूको बैठक बस्दा सुरुवात भएका प्रकरण आझेलमा पर्ने हुन् कि भन्ने चिन्ता नागरिकमा छाएको बताए।


सांसद पौडेलले विभिन्न अनियमितता प्रकरणमा भएका अनुसन्धानको प्रतिवेदनदेखि प्रतिवेदनमा गएर अल्झिने र घटना रोक्ने काम नगर्न आग्रह गरे ।

प्रतिकृया