एक महिनामा नेपाल भित्रिए ३४ करोडका विद्युतीय गाडी

प्रकाशित मिति

२०८० भाद्र ६ गते, बुधबार ०५:४०

electric e1693818204140

भदौ ६, २०८० काठमाडौँ: चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो महिना साउनमा ३४ करोड रुपैयाँ बराबरका ११० वटा विद्युतीय कार नेपाल भित्रिएका छन् । भन्सार विभागका अनुसार ३४ करोड ६ लाख ११ हजार रुपैयाँका ११० कार, जीप र भ्यान भित्रिएका हुन् ।


यसबाट सरकारले १८ करोड २३ लाख ९० हजार रुपैयाँ राजस्व संकलन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा भने, ६२ करोड १६ लाख ८३ हजार रुपैयाँ बराबरका २११ विद्युतीय गाडी नेपाल भित्रिएका थिए ।


साउनमा ५० किलोवाटसम्मका २१, १०० किलोवाटसम्मका ८१, २०० किलोवाटसम्मका पाँच र त्यसभन्दा माथिका तीन गाडी भित्रिएका छन् ।

प्रतिकृया