वर्ल्ड ट्रेड सेन्टरमा आजदेखि तीज मेला, छुट र दैनिक उपहार योजना
प्रकाशित मिति
२०८० भाद्र ६ गते, बुधबार ०५:२७

भदौ ६, २०८० काठमाडौँ: त्रिपुरेश्वरस्थित युनाइटेड वर्ल्ड ट्रेड सेन्टरमा १४ औं संस्करणको तीज मेला सुरु भएको छ । नजिकिँदै गरेको तीज पर्वलाई लक्षित गर्दै सुरु भएको मेलाको एक कार्यक्रमका बीच अमन फाउण्डेशनकी अध्यक्ष तारादेवी गुरुङले उद्घाटन गरेकी हुन् ।
मेला उद्घाटन गर्दै गुरुङले उद्यम व्यवसायमा महिलाको सहभागिता बढ्दो अवस्थामा रहेको र यस्ता मेला महोत्सवले उद्यशीलता गर्न चाहने महिलालाई सहयोग गर्ने विश्वास व्यक्त गरिन् । वर्ल्ड ट्रेड सेन्टरको चौथो तल्लामा डिइसीसी नेपालले ए एस इभेन्ट्स एण्ड मार्केटिङसँगको सहकार्यमा तीज मेलाको आयोजना गरेको हो । भदौ ६ गतेदेखि सुरु भएको मेला १० गतेसम्म ५ दिन चल्नेछ । मेलामा १०० भन्दा बढी स्टल रहेका छन् । तीजका लागि आवश्यक पर्ने सबै सामानका साथै महिलाहरुलाई एकै स्थानमा दैनिक प्रयोगका सामान सस्तो मूल्यमा किनमेल गर्नका लागि मेलाको आयोजना गरिएको डिइसीसीकी बजार प्रबन्धक स्मृति श्रेष्ठले बताइन् ।
विशेष गरी महिला उद्यमी तथा व्यवसायीहरुको व्यवसाय बिस्तार एवं प्रवद्र्धनको लक्ष्य सहित मेला आयोजना गरिएको ए एस इभेन्ट्स एण्ड मार्केटिङका प्रबन्ध निर्देशक अनिल श्रेष्ठले बताए । बजारको तुलामा एकै छानामुनी धेरै किसिमका सामान सस्तो मूल्य खरिद गर्न सकिने भन्दै उनले मेला अवलोकन गरी आवश्यक सामग्री खरिद गर्न आम उपभोक्तालाई आग्रह गरे ।
नेपालका साथै छिमेकी मुलुक भारत, पाकिस्तान, बंगलादेश र अन्य देशका स्टलहरू मेलामा छज् । मेलामा लत्ता कपडा, कस्मेटिक, चुरा पोतेका साथै अन्य सामग्री बजार मूल्यभन्दा सस्तोमा खरिद गर्न सकिने श्रेष्ठले बताए । विगत वर्षको तुलनामा नयाँ किसिमले मेलाको व्यवस्थापन गरिएकाले बिक्रेता, प्रदर्शक तथा अवलोकनकर्ता र उपभोक्ताले मेलाबाट फाइदा लिन सक्ने श्रेष्ठको भनाई छ ।
प्रतिकृया