धादिङ दुर्घटनामा मृत्यु भएकामध्ये चार जनाको परिचय खुल्यो
प्रकाशित मिति
२०८० भाद्र ६ गते, बुधबार ०४:०६

भदौ ६, २०८० काठमाडौँ: धादिङ बस दुर्घटनामा मृत्यु भएकामध्ये चार जनाको परिचय खुलेको छ ।
प्रहरीका अनुसार म्याग्दीको रघुगंगा गाउँपालिका– ३ का ५० वर्षीय थान बहादुर भण्डारी, पर्वतको मोदी गाउँपालिका– १ का १५ वर्षीया कृतिका शर्मा पौडेल, धादिङको गजुरी गाउँपालिका– ८ का अन्दाजी २४–२५ वर्षका सविन रम्तेल र कास्की फुलबारीका अन्दाजी २४–२५ वर्षका सुमन थापाको परिचय खुलेको हो ।
दुर्घटनामा ९ जनाको मृत्यु भएको छ । बाँकी चार जनाको पनि परिचय खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । काठमाडौंबाट बेनी जान लागेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस धादिङको छहरानजिकै दुर्घटना भएको हो ।
प्रतिकृया