• २२ भदौ २०८३, सोमबार
  • ९ः४९ बिहान

उच्चस्तरीय छानबिन आयोगले असोज ५ गते आयोग गठन गरेर काम थाल्छ : रमेश लेखक

प्रकाशित मिति

२०८० भाद्र ६ गते, बुधबार ०३:४०

भदौ ६, २०८० काठमाडौँ: राष्ट्रिय मान्यताप्राप्त दलहरूको बैठकमा सुन तस्करीबारे छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने सहमति भएको छ । सात दलका तर्फबाट गरिएको दुई बुँदे सहमतिमा गत साउन २ गते बरामद भएको ६० केजी सुन र भेपमा लुकाएर ल्याएको सुन तस्करीबारे सीआइबीको अनुसन्धान जारी राख्दै असोज ५ गते उच्चस्तरीय छानबिन आयोग गठन गर्ने उल्लेख छ ।

National Life

सिंहदरबारमा भएको सहमतिपछि नेपाली कांग्रेसका नेता रमेश लेखकले आगामी असोज ५ गते आयोग गठन गरेर त्यसै दिनबाट काम सुरु हुने बताए ।


‘आयोगलाई मुख्य तीनवटा टिओआर छन् । जसमा कानुनी र संरचनागत समस्या भए त्यसको समेत निराकरण गर्ने र पटक पटकका सुन तस्करीका घटनाको समेत छानबिन गरेर सुझाव प्रतिवेदन बुझाउने’, लेखकले भने, ‘आयोगको विस्तृत टिओआर नेपाल सरकारले तोक्छ ।’

Classic Tech Desktop

एमालेका प्रमुख सचेतक पदम गिरीले आयोग कति सदस्य हुने कसको नेतृत्वमा बनाउने भन्ने कुरा दलहरुबीच छलफल गरेर टुङ्ग्याइने बताए ।

प्रतिकृया