• २ असोज २०८३, शुक्रबार
  • ४ः०७ बेलुका

मनसुनको न्यूनचापीय प्रणालीको प्रभावले ७ वटै प्रदेशमा भारी वर्षा

प्रकाशित मिति

२०८० श्रावण २८ गते, आईतवार १०:५०

२८ श्रावण २०८०, काठमाडौँ : मनसुनको न्यूनचापीय रेखा तीन दिनदेखि नेपालनजिक अवस्थित छ। न्यूनचापीय रेखा र भारतको बिहार आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभावका कारण आज ७ वटै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको पूर्वानुमान् छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार अहिले देशभर सामान्य देखि पुर्ण बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

National Life

दिउँसो देशभर पूर्ण बदली रही देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै साथै मधेश प्रदेशको एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।


रातिपनि देशभर सामान्य देखि पूर्ण बदली रही अधिकांश स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी देखि धेरै भारी वर्षा को समेत सम्भावना रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

साथै सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा अति भारी बर्षाको समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिकृया