• १४ साउन २०८३, बिहीबार
  • ४:३० बेलुका

राष्ट्रिय सभाको बैठक स्थगित

प्रकाशित मिति

२०८० असार २७ गते, बुधबार १२:५०

२७ असार २०८०, काठमाडौँ : राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।आज बिहान ११ बजेर १ मिनेटमा बोलाइएको बैठक विशेष कारण देखाउँदै बिहीबार बिहान १० बजेसम्मका लागि स्थगित गरिएको हो ।


विशेष कारण भनिए पनि प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधनपछि बैठक स्थगित गरिएको स्रोतले बतायो । सीताको आज बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा निधन भएको छ ।

Kamana Sewa

प्रतिकृया