• १० साउन २०८३, आइतबार
  • ८:५४ बेलुका

आजदेखि कांग्रेस केन्द्रीय समिति बैठक

प्रकाशित मिति

२०८० असार २७ गते, बुधबार ०८:२१

२७ असार २०८०, काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजबाट सुरु हुँदै छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेबाट सुरु हुनेछ । अघिल्लो वर्ष साउनमा बैठक बसेपछि केन्द्रीय समिति बैठक अहिलेसम्म बस्न सकेको थिएन ।


झन्डै एक वर्ष पछि बस्न लागेको बैठकमा यसबीचमा भएका निर्णयहरू अनुमोदन गराउनेदेखि भातृ सङ्गठन सम्बन्धी गरेको निर्णय र विस्तारका बारेमा पुर्न बिचार गरिने भएको छ ।

Kamana Sewa

गत सोमबार सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले तय गरेको एजेन्डा अनुसार कार्यसम्पादन समितिले गरेका निर्णय अनुमोदन गरिने भएको छ ।

Classic Tech Desktop

यसैगरी, महाधिवेशन सम्पन्न गरेको ६ महिनामा गर्ने भनिएको नीति अधिवेशनका बारेमा पनि बैठकमा छलफल हुनेछ । जसअनुसार नीति महाधिवेशनको मिति र स्थान तय गरिने जनाइएको छ ।


साथै, सङ्गठनको कार्ययोजना, कार्यतालिका र समसामयिक राजनीतिक घटनाक्रमबारे पनि केन्द्रीय समितिमा छलफल हुने जनाइएको छ ।

प्रतिकृया