• ९ साउन २०८३, शनिबार
  • ९:४९ बिहान

विमला राईको प्रश्न–नेपालको बजेट दिल्लीबाटै पास हुन लागेको त होइन ?

प्रकाशित मिति

२०८० असार २६ गते, मंगलवार ०३:२८

२६ असार २०८०, काठमाडौँ : प्रमखु प्रतिपक्षी दल नेकपा एमालेकी सांसद विमला राई पौड्यालले आगामी आर्थिक वर्षको बजेट पनि भारतकै इशारामा पास गर्न लागेको आशंका व्यक्त गरेकी छन्। मंगलबार राष्ट्रिय सभा बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा बोल्दै सांसद पौडेलले बजेट एकतर्फी आउनुले त्यसमा शंका गर्ने ठाउँ रहेको बताइन्।


‘प्रधानमन्त्री बन्नका लागि व्यापारीहरू दिल्ली गएका कुराहरु आए पनि। बजेट कार्यक्रम पनि त्यतैबाट पास गर्दैछौं कि के हो ? परराष्ट्रले सहजीकरण गरिराखेको छ? नत्र किन एकतर्फी हुन्छ बजेट ?,’ पूर्वपरराष्ट्रमन्त्री समेत रहेकी पौडेलले प्रश्न गरिन्।

Kamana Sewa

उनले मुलुकको परराष्ट्र नीति पछिल्लो समय असंलग्न नभई असमान व्यवहारतिर गइरहेको बताइन्। अहिलेको बजेटले पनि त्यो देखाउने उनको भनाइ छ।

Classic Tech Desktop

चीनका राष्ट्रपति सी चिनफिङ नेपाल आउँदा बिआरआइलगायत विभिन्न परियोजनाबारे छलफल भएको तर अहिलेको बजेटमा कतैपनि बिआरआइ नसुनिनुले हाम्रो परराष्ट्र नीति छर्लंग भएको उनको भनाइ छ।


‘हाम्रो छिमेकीसँगको सम्बन्ध असमान हुँदैछ। एकातिर ढल्किँदै छ। विचार गर्नुहोला,’ उनले भनिन्, ‘असंलग्नता परराष्ट्र नीति छोडेको हो कि अझै समातिराखेका छौं, व्यवहारमा के छ त्यो जवाफ दिनुहोला।’

प्रतिकृया