• ९ साउन २०८३, शनिबार
  • ४:४९ बिहान

काठमाडौं महानगरले सडक व्यापारीहरूलाई अभद्र व्यवहार गर्ने ७ नगर प्रहरीलाई गर्‍यो कारबाही

प्रकाशित मिति

२०८० असार २६ गते, मंगलवार ११:५०

२६ असार २०८०, काठमाडौँ: काठमाडौं महानगरले सडक व्यापारीहरूलाई अभद्र व्यवहार गर्ने सात नगर प्रहरीलाई कारबाही गरेको छ । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले सातजना करारका नगर प्रहरीलाई जागिरबाट हटाएको जानकारी दिए ।


उनका अनुसार स्थायी सेवामा रहेका ५ जनालाई निलम्बन गरिएको छ । महानगरले यसभन्दा अगाडि १२ जना नगर प्रहरीलाई विभागीय कारबाही गरिसकेकाे छ ।

Kamana Sewa

यस प्रकारका घटना दोहोरिन नदिन क्षेत्रमा खटिएका प्रहरीहरूलाई केन्द्रीय कार्यालयमा बोलाएर आचरण सम्बन्धी तालिम दिन थालिएको पाण्डेको भनाइ छ ।

Classic Tech Desktop

प्रतिकृया