• ९ साउन २०८३, शनिबार
  • ५:५० बिहान

सोलुखुम्बुबाट काठमाडौँका लागि उडेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन

प्रकाशित मिति

२०८० असार २६ गते, मंगलवार ११:३९

२६ असार २०८०, काठमाडौँ: मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुबाट सम्पर्कविहीन भएको छ ।


सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको उक्त हेलिकोप्टरमा पाइटलसहित ६ जना यात्रु रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

Kamana Sewa

९एनए–एमभी कलसाइन भएको हेलिकप्टर १० बजेर १३ मिनेटबाट सम्पर्कविहीन भएको उनले बताए । “उडेको आठ मिनेटपछि हेलिकोप्टर एटीसीसँग सम्पर्कविहीन भएको हो,” प्रवक्ता सिटौलाले भने, “रेस्क्यु अपरेसनका लागि हामी तयारी गरिरहेका छौँ । केही छिनमै रेक्यु सुरु हुनेछ ।”

Classic Tech Desktop

प्रतिकृया