• 4:55 am

अभिनेता तथा गायक आमेश भण्डारी गायिका समीक्षा अधिकारीसँग विवाह गर्न तयार

प्रकाशित मिति

२०८० असार १७ गते, आईतवार ०२:०३

१७ असार २०८०, काठमाडौँ: अभिनेता तथा गायक आमेश भण्डारीले आफू गायिका समीक्षा अधिकारीसँग विवाह गर्न तयार रहेको बताएका छन् । ६ महिना अस्ट्रेलिया बसेर नेपाल फर्किएका आमेशले टेलिभिजन कार्यक्रम ‘द प्रकाश सुवेदी शो’ मा समीक्षासँग विवाह गर्न तयार रहेको बताएका हुन् ।


शोका होस्ट प्रकाश सुवेदीले उनलाई समीक्षाको बुबाआमाले प्रस्ताव गर्नुभयो भने तपाईं उनीसँग विवाह गर्न तयार हुनुहुन्छ भन्ने प्रश्न गरेका थिए । जवाफमा उनले भने, ‘त्यस्तो भयो भने म त एकदम लक्की हुन्छु, म विवाह गर्छु, मेरो उमेर पनि भयो ।’


पछिल्लो समय टिकटकमा यी दुईको भिडिओ हरेर विभिन्न अड्कलबाजी भइरहेका छन्। बजारमा आमेश र समीक्षा प्रेममा रहेको चर्चासमेत चलेको छ । तर आमेशले प्रेममा रहेको कुराको खण्डन गरेका छन्। उनले आफूहरू मिल्ने साथी मात्रै भएको दाबी गरेका छन् ।


उनले भनेका छन्, ‘टिकटकमा हाम्रो जोडी राम्रो देखेकाले दर्शकले यस्तो ठान्नु भएको होला तर, अहिले हामी प्रेममा त छैनौँ, पछि के हुन्छ थाहा छैन ।’ आमेशले प्रेमका मामिलामा आफू अभागी भएको समेत बताएका छन् ।

प्रतिकृया