• ७ असोज २०८३, बुधबार
  • ३ः३६ दिउँसो

वित्तीय अनुशासन उल्लंघन गर्नेहरुलाई क्षमा दिन हुँदैन : प्रदीप पौडेल

प्रकाशित मिति

२०८० असार १७ गते, आईतवार ०२:५२

१७ असार २०८०, काठमाडौँ: नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले वित्तीय अनुशासन उल्लंघन गर्नेहरुमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् । उनले सहकारी संस्थाहरुलगायतले ठगी गरेको समाचार बाहिर आइरहेको उल्लेख गर्दै उनले उनीहरुलाई कारबाहीको दायरामा ल्याउने कुरालाई कुनै पनि हालतमा क्षमा दिन नहुनेतर्फ पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

National Life

आइतबार प्रतिनिधिसभाको दोसो बैठकमा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफलमा भाग लिने क्रममा सांसद पौडेलले वित्तीय अनुशासन उलंघन गर्नेहरुमाथि कारबाही गर्ने खालको कानुन बनाउने कामलाई पनि सरकार र संसदले ख्याल नगरेको भन्दै आपत्तिसमेत व्यक्त गरे ।


सांसद पौडेलले सरकार र संसदले नागरिकका अत्यावश्यक चासोको विषयमा कानुन बनाउने कुरामा ध्यान दिन नसकेको गुनासोसमेत गरे ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया