• 4:23 am

सरकारले गरिब जनताका राज्यले नै जमानी बसेर बिनाधितो ऋण दिने व्यवस्थाको ग्यारेन्टी गर्नुपर्छः अमरेशकुमार

प्रकाशित मिति

२०८० असार १७ गते, आईतवार ०१:४३

१७ असार २०८०, काठमाडौँ: प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले सरकारले गाउँगाउँमा गरिब जनतालाई बिनाधितो बैंकहरूले ऋण दिने व्यवस्थाको ग्यारेन्टी गर्नुपर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभाको दोस्रो बैठकमा ‘मुलुकी संहितासम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हुन् ।


सांसद सिंहले गाउँका गरिब जनताबाट निक्षेप संकलन गरेर बैंकहरूले ठूला व्यापारीहरूलाई मात्रै ऋण दिने गरेकोमा आपत्ति जनाए ।


उनले भने, ‘सबै बैंकहरू ठूला व्यापारीका लागि छन् । ठूला नेताहरूको घरघरमा त ठूला व्यापारी आउँछन् । बिचरा, गरिब, दलित, किसान त आउँदैनन् । गरिब जनताले चाहेको बेलामा बैंकहरूले ऋण दिने व्यवस्थाको सरकारले ग्यारेन्टी गर्नुपर्छ । होइन भने बैंक भनेको त ठूलाहरूको मात्रै हो । मेरो गाउँमा नेपाल बैंक लिमिटेडको शाखा छ । तर गाउँका गरिब जनतालाई कहिल्यै पनि ऋण दिँदैन । तर त्यहाँका जनताले बचत गरेको रकम काठमाडौँ पठाउँछ । त्यसकारण यो ऋणीका लागि कानुन बनाउन खोजिएको छ ।’


सांसद सिंहले गरिबसँग धितो राख्ने कुनै सम्पत्ति नहुने भएकाले उनीहरूलाई राज्यले नै जमानी बसेर बैंकहरूबाट ऋण लिने व्यवस्था गर्नुपर्नेमा पनि बताए ।

प्रतिकृया