• 10:14 am

सहकारी र लघुवित्त संस्था ठूला मिटरब्याजी हुन् : प्रदीप यादव

प्रकाशित मिति

२०८० असार १७ गते, आईतवार ०१:२१

१७ असार २०८०, काठमाडौँ : जनता समाजवादी पार्टी प्रमुख सचेतक प्रदीप यादवले गाउँको साहु महाजनभन्दा बढी सहकारी र लघुवित्त संस्था मिटरब्याजी भएको बताएका छन् ।


आइतबारको प्रतिनिधिसभा बैठकमा मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले मिटरब्याजी सम्बन्धमा सरकारले एकतर्फी मात्र भएर बोल्न वा व्यवस्था गर्न नहुने बताए ।


“यो विधेयक पास गर्दा सहकारी, बैंक वित्तीय संस्थाको विषय पनि समावेश हुनुपर्छ,” उनले भने । प्रमुख सचेतक यादवले विधेयक हतारमा ल्याउनु सरकारको लापारवाही भएको बताए । उनले यसरी विधेयक आउँदा तयारी गर्न नपाइने, अध्ययन गर्न नपाइने भएकाले अन्दाजको भरमा बोल्नुपर्ने अवस्था रहेको बताए ।

प्रतिकृया