• 3:49 am

टस हारेर नेपालविरुद्ध ब्याटिङ गर्दै युएई

प्रकाशित मिति

२०८० असार १७ गते, आईतवार १२:५१

१७ असार २०८०, काठमाडौँ: आइसीसी विश्वकप छनोटको प्लेअफ खेलमा युएईविरुद्व नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लबमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि युएईले ब्याटिङ गर्ने भएको छ ।


नेपालले आजको खेलमा तीन खेलाडी परिवर्तन गरेको छ। खेलमा प्रतिश जिसी, अर्जुन साउद र ज्ञानेन्द्र मल्ल सुरुवाती ११ मा आएका छन्। कुशल मल्ल, ललित राजवंशी र आशिफ शेख बेन्चमा छन् । ज्ञानेन्द्र मल्ल सन् २०२३ को ९ मार्चपछि टोलीमा परेका हुन् । विश्वकप छनोटको समूह चरणबाटै बाहिरिसकेका यी दुई टोलीबीचको विजेताले सातौँ स्थानको लागि आयरल्यान्डसँग खेल्न पाउनेछ ।


युएईलाई पराजित गरेमा नेपालले सातौँ स्थानका लागि आयरल्यान्डसँग खेल्नेछ । आजको खेलमा पराजित हुने टोलीले नवौँ स्थानको लागि अमेरिकासँग खेल्नेछ । नेपाल समूह ‘ए’मा ४ खेलमा ३ मा हार र १ मा जितसहित २ अंकमा चौथो स्थानमा रहँदै सुपर सिक्सको यात्राबाट बाहिरिएको थियो ।


उता युएई भने समूह ‘बी’को चारै खेलमा हार भोग्दै बाहिरिएको थियो । नेपाली टोली पछिल्लो समय युएईमाथि हावी बन्दै आएको छ । पछिल्ला पाँच खेलमा नेपाल चार खेलमा विजयी हुँदा एक खेलमा हार व्यहोरेको छ ।

प्रतिकृया