• 6:59 am

ललितपुर महानगरपालिकाको बजेट ६ अर्ब ५० करोड

प्रकाशित मिति

२०८० असार १० गते, आईतवार ०५:४७

१० असार २०८०, ललितपुर : ललितपुर महानगरपालिकाले ६ अर्ब ५० करोड ५ लाख ८८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। महानगरपालिकाको तेस्रो नगरसभामा उपप्रमुख मञ्जिला शाक्यले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गरेकी हुन् ।


बजेटमा पूँजीगत तर्फ ४ अर्ब २१ लाख ४६ हजार र चालु तर्फ २ अर्ब ४९ करोड ८४ लाख को बजेट ल्याएको हो । सडक पूर्वाधार, सम्पदा, विपद व्यवस्थापन, हरियालीरपार्क निर्माण, वडा एक उद्यान, एक घर एक वोट, सार्वजनिक शौचालय प्रत्येक वडामा, आयोजना बैंक निर्माण, अपाङ्गतामैत्री फुटपाथ निर्माण लगायतका क्षेत्रमा बजेट विनियोजन भएको छ ।


त्यस्तै,, वातावरण प्रहरीको सुरुवात गरिने पनि बजेटमा उल्लख छ। महानगरभित्रका २ वटा विद्यालयहरुलाई पूर्ण प्रविधिबाट शिक्षण गराइने बजेटमा उल्लेख छ ।

प्रतिकृया