• 11:26 am

दृश्य परिवर्तनपछि ‘परस्त्री’ले पायो प्रदर्शन अनुमति

प्रकाशित मिति

२०८० असार ९ गते, शनिबार ०९:४७

असार ९, २०८०, काठमाडौँ: असार १५ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘परस्त्री’लाई केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले प्रदर्शनका लागि अनुमति दिएको छ ।


गत बुधबार सेन्सर बोर्डले फिल्ममा समावेश बेडसिन, चुम्बन तथा हिंसाको दृश्यमा आपत्ति जनाउँदै प्रदर्शन अनुमति दिएको थिएन । बोर्डले आपत्ति जनाएको दृश्य मेकरले परिमार्जित गरेपश्चात् शुक्रबार फिल्मले जाँचपासको प्रमाणपत्र पाएको हो ।


बोर्डले १६ वर्षमुनिका दर्शकलाई अभिभावकसँग मात्र हेर्नुपर्ने गरी फिल्मलाई ‘पीजी सर्टिफिकेट’ दिएको छ । फिल्मका ६ वटा दृश्य परिवर्तन गरेपछि फिल्मलाई प्रदर्शनको अनुमति दिएको छ । ‘परस्त्री’ नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउँदैछ । फिल्मलाई हिन्दी भाषामा डब गरिएको छ ।


फिल्म विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक संकटको कथामा बनेको छ । फिल्मलाई सुरज पाण्डेले निर्देशन गरेका हुन् । यो उनको निर्देशनमा डेब्यू फिल्म हो । 


फिल्ममा शिल्पा मास्के, कोशिश क्षेत्री, गौरव विष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी र अर्पित न्यौपानेको अभिनय रहेको छ ।

प्रतिकृया