• 11:32 pm

विश्वकप क्रिकेट छनोट: टेस्ट राष्ट्र जिम्बाब्वेको सामना गर्दै नेपाल

प्रकाशित मिति

२०८० असार २ गते, शनिबार ११:२६

२ असार २०८०, काठमाडौँ: आईसीसी पुरुष विश्वकप २०२३ को अन्तिम छनोट खेल्नका लागि तयार १० राष्ट्रका कप्तानहरू छनोट अगाडि जिम्बाब्वेको स्थानीय जङ्गल सफारीमा हात्ती, जिराफ, सिंह जस्ता जनावरहरूसँग रमाइरहेका थिए । आईसीसीले वितरण गरेको तस्बिरमा उनीहरूले जिम्बाब्वेको राजधानी हरारेस्थित वाइल्ड लाइफ केन्द्रमा सामूहिक तस्बिर लिएको देखिन्छ ।


रमाइलोबीच नेपाली कप्तान रोहित पौडेलको ध्यान भने पक्कै पनि प्रतियोगिताको उद्घाटन खेलमा नै केन्द्रित भएको हुनुपर्छ किनकी त्यहाँ नेपालले आयोजक राष्ट्र जिम्बाब्वेको सामना गर्दैछ । जिम्बाब्वे टेष्ट राष्ट्र त हो नै, प्रतियोगिता उसकै घरेलु मैदानमा हुँदैछ।


उद्घाटन खेलमा स्थानीय दर्शकबाट हरारे स्पोर्ट्स क्लबको घरेलु मैदान भरिभराउ हुने आशा गरिएको छ । आज नै समूह ‘बी’मा दुई पटक विश्व च्याम्पियन बनेको वेष्ट इन्डिजले अमेरिकासँग खेल्दैछ ।


विश्व क्रिकेटको ध्यान अब कम्तीमा तीन साता लामो यो छनोट प्रतियोगितामा केन्द्रित हुनेछ । असार ३ देखि साउन २४ गतेसम्म चल्ने २१ दिन लामो छनोटका हरेक खेलहरू निकै नै महत्वपूर्ण छन्। त्यसको कारण हो- सोही प्रतिस्पर्धाबाट दुईवटा राष्ट्रहरू यसै वर्षको अन्त्यमा भारतमा हुने विश्वकपका लागि छानिने छन् ।

प्रतिकृया