
माछापुच्छ्रे बैंक ‘इन्फोसिस फिनेकल इनोभेसन अवार्ड-२०२३’ बाट सम्मानित
प्रकाशित मिति
२०८० असार २ गते, शनिबार ११:३२

२ असार २०८०, काठमाडौँ: माछापुच्छ्रे बैंक लिमिटेड ‘इन्फोसिस फिनेकल इनोभेसन अवार्ड-२०२३’बाट सम्मानित भएको छ । ग्राहकलाई प्रदान गर्ने डिजिटल सेवाको गुणस्तर र कारोबार संख्यामा उल्लेखनीय वृद्धि गर्दै डिजिटल बैंकिङमा अभूतपूर्व सफलता हासिल गरेसँगै बैंक ‘इन्फोसिस फिनेकल इनोभेसन अवार्ड २०२३- म्याक्सिमाइजिङ कस्टमर इंग्जेमेन्ट-गोल्ड’ पुरस्कारबाट सम्मानित भएको हो ।
भारतको बैंगलोरस्थित बहुराष्ट्रिय सूचना प्रविधि कम्पनी इन्फोसिस फिनेकलले प्रदान गर्ने ‘इन्फोसिस फिनेकल इनोभेसन अवार्ड २०२३- म्याक्सिमाइजिङ कस्टमर इंग्जेमेन्ट–गोल्ड’ नामक पुरस्कारबाट माछापुच्छ्रे बैंक सम्मानित भएको हो। विगत दुई वर्षमा बैंकले आफ्नो डिजिटल सेवालाई निरन्तर परिष्कृत गर्नुका साथै उक्त सेवालाई सुरक्षित बनाउन नवीनतम कदम चालेको छ ।
इन्फोसिस फिनेकलले हरेक वर्ष विभिन्न १० विधामा अवार्ड प्रदान गर्दै आइरहेको छ। यस वर्ष विश्वभरिबाट २०० भन्दा बढी कम्पनी विभिन्न विधामा मनोनयनमा परेका थिए ।
माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३३ शाखारहित बैंकिङ सेवा, २०३ एटीएममार्फत १४ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिकृया