विश्व टेस्ट च्याम्पियनसिप: अन्तिम दिन भारतलाई उपाधिका लागि २८० रन आवश्यक
प्रकाशित मिति
२०८० जेष्ठ २८ गते, आईतवार १०:४७
२८ जेठ २०८०, काठमाडौँ: विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा आइतबार निर्णायक दिनका रूपमा रहेको छ । पहिलो इनिङमा बलियो देखिएको अस्ट्रेलियाविरुद्ध भारतले दोस्रो इनिङमा सानदार पुनरागमन गर्दै उपाधि आशलाई कायम राखेको छ ।
इंग्ल्यान्डस्थित ओभल मैदानमा जारी खेलमा अस्ट्रेलियाविरुद्ध भारतलाई जितका लागि अन्तिम दिन २८० रन आवश्यक रहेको छ। चौंथो दिन अस्ट्रेलियाले दोस्रो इनिङमा ८ विकेट गुमाएर २७० रन बनाउँदा इनिङ समाप्तिको घोषणा गरेको थियो ।
समग्रमा ४४४ रनको लक्ष्य पछ्याएको भारतले चौंथो दिनको समाप्तिमा १६४ रन बनाउँदा ३ विकेट गुमाउन पुगेको छ । अब अन्तिम दिन भारतलाई २८० रन आवश्यक हुँदा ऊसँग ७ विकेट हातमा छ। क्रिजमा विराट कोहली ४४ तथा अजिंक्य रहाणे २० रनमा अविजित छन् । त्यसअघि कप्तान रोहित शर्मा ४३ रनमा आउट हुँदा शुभमन गिल १८ रनमा पेभिलियन फर्किए ।
त्यस्तै, चेतेश्वर पुजाराले २७ रन बनाए । दोस्रो इनिङमा अस्ट्रेलियाका लागि एलेक्स क्यारीले सर्वाधिक ६६ रनमा नटआउट रहँदा मार्नुस लुबुसेन र मिचेल स्टार्कले समान ४१-४१ रन बनाएका थिए ।






प्रतिकृया