• ७ भदौ २०८३, सोमबार
  • ९:२६ बिहान

प्रतिनिधिसभामा बैठक आज पनि बस्दै

प्रकाशित मिति

२०८० जेष्ठ २४ गते, बुधबार ०८:००

२४ जेठ २०८०, काठमाडौँ : प्रतिनिधिसभाको बैठक बुधबार पनि बस्दैछ। बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज बिहान ११ बजे बस्नेछ। बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमान माथि छलफल हुनेछ। हिजोबाट बजेटमाथि छलफल सुरु भएकाे हाे।


प्रमुख प्रतिपक्षी एमालेलगायतका दलका सांसदहरूले बजेटले आर्थिक संकट निवारण गर्न नसक्ने बताएका छन् । यता सत्तापक्षले भने बजेट सही भएको र यसलाई कार्यान्वयन गर्नतिर लाग्नुपर्नेमा जोड दिएका छन्।

Kamana Sewa

हिजाे बजेटमाथिको छलफलका क्रममा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०८०/०८१ को बजेट सच्याउन सरकारसँग माग गरेका थिए।

Classic Tech Desktop

उनले सरकारले ल्याएको बजेट नेपाल र नेपालीको राष्ट्रिय आकांक्षाप्रति विमुख रहेको बताएका थिए।


यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले करको दर हेरफेरमा अनधिकृत व्यक्तिलाई संलग्न गराइएको विषयबारे सत्यतथ्य बाहिर ल्याउन संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेका थिए।

प्रतिकृया