• २१ जेठ २०८३, बिहीबार
  • ८:४७ बिहान

रास्वपा पार्टी कार्यालयमा पुग्यो चिनियाँ टोली

प्रकाशित मिति

२०८० जेष्ठ ११ गते, बिहीबार ०३:४६

११ जेठ २०८०, काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीका नेता र चिनियाँ टोलीबीच बिहीबार भेटवार्ता भएको छ। चिनियाँ दूतावासको टोली स्वतन्त्र पार्टीका नेतालाई भेट्न रास्वपा पार्टी कार्यालय बसुन्धारा पुगेको थियो।​ नेपालस्थित चिनियाँ दूतावासका डिसिएम वाङ शिनसहितको टोलीलाई रास्वपाका नेताले स्वागत गरेका थिए।


भेटमा पार्टीका उपसभापति डोलप्रसाद अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य प्रतिभा रावल लगायतको सहभागिता रहेको थियो।

Kamana Sewa

भेटघाटमा नेपाल र चीनका आपसी चासोका विषयहरूमा छलफल भएको रास्वपाले जनाएको छ।

Classic Tech Desktop

प्रतिकृया