• २१ जेठ २०८३, बिहीबार
  • ८:१६ बिहान

राप्रपाकाे केन्द्रीय कार्य समितिको बैठक सम्पन्न, निर्णय सार्वजनिक

प्रकाशित मिति

२०८० जेष्ठ ३ गते, बुधबार ०४:२६

जेष्ठ ३, २०८०, काठमाडौँ : नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएको जो कोही पनि उम्कन नसक्नेगरी अनुसन्धान गर्न राप्रपाले माग गरेको छ । आज केन्द्रीय कार्य समितिको बैठकको निर्णय सार्वजनिक गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले यस्तो बताएका हुन्।


शरणार्थी प्रकरणमा दोषी देखिएर पक्राउ परेकाहरुसाथै अन्य दोषीहरुको पनि खोजी गरी कारबाही गर्न सरकारसँग माग गर्ने निर्णय बैठकले गरेको हो। विगतमा ठूला भ्रष्टाचारका घट्नाहरुमा दोषीहरुलाई विभिन्न बहानामा उन्मुक्ति दिएजस्तै यो घट्नामा पनि दोषीलाई उन्मुक्ति दिनु हुँदैन भन्ने तर्क राप्रपाले राखेको छ।

Kamana Sewa

उनले भने, ‘यो केवल अंकको ठगी मात्रै होइन, राज्य विरुद्धको अपराध हो। संगठित अपराध हो त्यसैले यस प्रकरणका कोही पनि दोषीले उन्मुक्ति पाउनु हुँदैन।’

Classic Tech Desktop

चाँडोभन्दा चाँडो सबै नेताहरुलाई कोर केन्द्रित जिम्मेवारी दिने र संगठन निर्माणका लागि तल्लो तहसम्म नेताहरु जानेसमेत राप्रपाले निर्णय गरेको छ। त्यस्तै किसानलाई तत्काल मल, बिउ उपलब्ध गराउन पनि राप्रपाले सरकारको ध्यानाकर्षण गरेको छ।


केन्द्रीय कार्यसमितिको बैठक १,२र ३ गते गरी बुधबार सकिएको हो।

केन्द्रीय कार्यसमिति बैठकका निर्णयहरु:

प्रतिकृया