• २४ जेठ २०८३, आइतबार
  • ११:१२ बेलुका

यूनिटेक हाइड्रोपावरले साधारण शेयर निष्काशन गर्ने

प्रकाशित मिति

२०८० बैशाख २५ गते, सोमबार ०२:१०

२५ वैशाख २०८०, काठमाडौँ: यूनिटेक हाइड्रोपावरले साधारण शेयर निष्काशन गर्ने भएको छ । त्यसका लागि कम्पनीले लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई बिक्री प्रबन्धकको जिम्मेवारी दिएको छ ।


यससम्बन्धी सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र यूनिटेक हाइड्रोपावरकोे तर्फबाट प्रबन्ध संचालक विश्व प्रकाश अमात्यले हस्ताक्षर गरेका छन् ।

Kamana Sewa

यूनिटेक हाइड्रोपावरले सर्वसाधारणका लागि रु.१०० अंकित दरको ३६ लाख ६७ हजार कित्ता सेयर जारी गर्न लागेको हो । यूनिटेक हाइड्रोपावरले ताप्लेजुङ्गमा ५.८ मेगावाट क्षमताको माथिल्लो फावाखोला जलबिद्युत आयोजना निर्माण गरिरहेको छ ।

Classic Tech Desktop

प्रतिकृया