• २६ भदौ २०८३, शुक्रबार
  • ३ः०९ दिउँसो

अण्डाको मूल्य फेरि बढ्यो, खुद्रामा प्रतिगोटा करिब २५ रुपैयाँ

प्रकाशित मिति

२०८३ जेष्ठ २३ गते, शनिबार ०८:१०

२३ जेठ २०८३ काठमाडौं – नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन मूल्य पुनः बढाएको छ। शुक्रबार बसेको सङ्घको बैठकले आजदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो।

National Life

नयाँ दरअनुसार एक्सएल अण्डाको प्रतिक्रेट ५६० रुपैयाँ, ठूलो ५४५ रुपैयाँ, मिडियम ५१५ रुपैयाँ र सानो अण्डाको प्रतिपेटी ३ हजार रुपैयाँ कायम गरिएको छ। यससँगै खुद्रा बजारमा अण्डाको मूल्य प्रतिगोटा करिब २५ रुपैयाँ पुगेको छ।

सङ्घले उत्पादन लागत वृद्धि, गर्मीका कारण उत्पादनमा कमी तथा बजार माग बढेकाले मूल्य समायोजन गरिएको जनाएको छ। पछिल्लो एक महिनामा अण्डाको मूल्य करिब २० प्रतिशतले वृद्धि भएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया